७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


न्यायालयको विवाद चाँडै सुल्झियोस् भन्ने सरकार चाहन्छ–गृहमन्त्री खाँण


0
Shares

जनपुरधाम, कात्तिक २२ । गृहमन्त्री बालकृष्ण खाँणले न्यायालयमा देखिएको विवाद चाँडै सुल्झाइयोस् भन्न्े पक्षमा सरकार रहेको बताउनुभएको छ ।

जनकपुरमा पत्रकारहरुसँग गृहमन्त्री खाँणले न्यायालयको विवाद समाधानको लागि सरकारमा सहभागी दलले निर्णय गर्न लागेको जानकारी पनि दिनुभयो।

न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।’

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका तीन वटै अंगमा गतिरोध देखिएको स्वीकार्दै गृहमन्त्री खाँणले एमालेकै कारण नागरिकता विधेयक पारित गर्न नसकिएको आरोप लगाउनुभयो ।

विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको भन्दै उहाँले सदनको गतिरोध हटाउन एमालेलाई आग्रह गर्नुभयो ।