४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट, अधिकांश समूह राताम्मे


0
Shares

काठमाडौं, कात्तिक २२ । तिहार विदापछिको पहिलो शेयर कारोबारमा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार कारोबार सुरु भएको केही समय सकारात्मक रहेर नेप्से २८ सय ६० सम्म पुगे पनि वृद्धि धेरै बेर टिक्न सकेन ।

केही समयमै ओरालो लाग्दै नेप्से उतार चढावकाबीच १९ अंकले ऋणात्मक रहेर २८ सय ३० कायम भएर थामियो ।

कारोबार पनि साढे ४ अर्ब तलै खुम्चियो । वित्त, सामूहिक लगानी कोष र लगानी समूह बाहेक अरु सबै समूह रातो रहे ।

बीमा समूह दुबै सय अंक बढीले ओरालो लागे । अरु पनि सबै समूह दोहोरो अंकले ऋणात्मक रहे । वित्त समूह २१ अंकले सकारात्मक रहे पनि अरु दुई समूह नगन्य अंकले मात्र हरियो रहेका हुन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३० कम्पनीको ७२ लाख कित्ता शेयर ४ अर्ब ४२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।