७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दुर्घटना न्यूनिकरणका लागि खाल्डाखुल्डी पुर्ने अभियान


0
Shares

सागर न्यौपाने
स्याङ्जा, कात्तिक २२ । तुलसीपुरतर्फ सिद्वार्थ राजमार्गमा खाल्डा खुल्डी बढी भई दुर्घटना बढेको र असहज भएको भन्दै जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले राजमार्गमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरेको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार राजमार्ग अन्तर्गत स्याङ्जा जिल्लामा पर्ने क्षेत्रमा खाल्डा खुल्डी पुर्ने अभियान सञ्चालन गरिएको हो ।

राजमार्गको खाल्डा खुल्डी एकै दिनमा पुर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा भएको निर्णयमा सबैलाई आह्वान गर्दै अभियान सञ्चालन गरिएको हो । राजमार्गमा दुर्घटना बढेको र असहजता भएको कारण अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको भनाई छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा जिल्लाको कास्की तर्फको सिमाना कुभिण्डे देखि पाल्पा सिमाना राम्दी सम्मको ८६ किलोमिटर बाटोमा सयौं खाल्डाखुल्डी छन् । त्यसको अस्थायी समाधानका लागि खाल्डाखुल्डी पुर्ने अभियान चलाइएको हो । दुर्घटना घटाउने र सहजता ल्याउने भन्दै यो अभियानमा जिल्लाका सबै निकायले साथ दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयको पहलमा गरिएको राजमार्गको खाल्डाखुल्डी पुर्ने अभियानमा विभिन्न निकायको सहयोग गरेका छन् । अस्थायी रुमा ढुङ्गा र माटोले मात्रै सडकका खाल्डाखुल्डी पुरिएकाले यसले हिउँदको समयमा धुलो भने बढ्ने भएको छ । सडक विभागले स्तर उन्नतीका लागि विशेष योजना ल्याउनुपर्ने स्थानीयवासीको भनाई छ ।

पहाडी क्षेत्रमा राजमार्गमा जोडिएका शाखा कच्ची बाटो धेरै भएकोका कारण पनि सडक छिटो विग्रिने गरेको जानकारहरु बताउँछन् । यसका लागि खाल्डाखुल्डी सहित शाखा बाटोका मुहानमा पनि कालोपत्रे गर्नुपर्ने उनीहरुको भनाई छ । जे होस् जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको यो अभियानले सबै मिले अस्थायी समाधान भए पनि निकाल्न सकिरुन्छ भन्ने उदाहरण भने देखिएको छ ।