
काठमाडौं, पुस२८ । माघे संक्रान्तिको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्ने उद्देश्यले नुवाकोटको तारुका, रसुवाको बेत्रावती र धादिङको धुवाँकोटमा गोरु जुधाई मेला लाग्ने भएको छ ।
रसुवा–नुवाकोट पर्यटन समाजले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मौलिक एवं परम्परागत साँस्कृतिक पर्वहरुको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
नुवाकोटको तारुकामा २२ हल, बेत्रावतीमा १२, धुवाँकोटमा १४ र घलेगाउँमा ८ हल गोरु जुधाइने छ । रसुवा–नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीले पर्यटन प्रवद्र्धन, स्थानीय कला र संस्कृतिलाई विश्वसमुदायबीच पुर्याउनको लागि माघे संक्रान्तिको अवसरमा तीन जिल्लामा गोरु जुधाइ मेला लाग्ने जानकारी दिए ।
मेलामा स्थानीय झाँकी प्रदर्शन, खानाका परिकारका स्टल राखिनुका साथै गीत–संगित पनि प्रस्तुत गरिने छ । गोरु जुधाइ मेलाबाट यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक विकास हुनको साथै नेपाल भ्रमण बर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास आयोजकको छ ।
प्रतिक्रिया दिनुहोस्