
web pic
काठमाडौं, कात्तिक २३ । मोरङ कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।
झडपमा ६ जना कैदीबन्दी घाइते भएका छन् । घाइते कैदीको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार बिहान खाना खाने समयमा भएको झडपमा चौकीदार किरण गुरुङसहित शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका गुरुङले आफूहरूलाई यातना दिने गरेका कैदीबन्दीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्