४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


शेयर बजारमा उच्च अंकले गिरावट


0
Shares

काठमाडौं, कात्तिक २३ । शेयर बजारमा मंगलबार पहिरो गएको छ ।

सोमबार दोहोरो अंकले करेक्सन आएको बजारमा मंगलबार उच्च अंककै गिरावट आएको हो । नेप्से एकै दिन ८० अंक बराबरले झरेर २७ सय ४९ मा आएर थामियो ।

कारोबार भने केही सुधारिएर साढे ६ अर्ब माथि पुगेको छ । सबै समूह राताम्मे रहँदा सबैभन्दा उच्च निर्जीबन बीमा समूहमा ४ सय ६० अंकको गिरावट आयो ।

जीवन बीमा समूह पनि ३ सय ८० अंक बराबरले झर्यो । विकास बैंक समूह पनि ३ सय अंक हाराहारीले ओर्लियो । उत्पादनमूलक र लघुवित्त समूह पनि डेढ सय अंक बढीले ओरालो लागे । वित्त, होटल तथा पर्यटन र जलविद्युत समूह पनि सय अंक बढीले ओरालो लागे ।

अरु पनि अधिकांश समूह दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।