
काठमाडौं, कात्तिक २३ । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत दिने भएको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको बताउनुभयो ।
बैठकले कुस्मामा ४ सय केभिए सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने, प्राविधिक सचिवमा निरु दाहाल पाण्डेलाई बढुवा, कीर्तिपुर नगरपालिका र चीनको वाइ प्रोभिन्स स्थित हु ह्याङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिएको छ ।
मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिका र ज्येष्ठ नागरिकलाई तदारुकतासाथ खोप अभियान चलाइने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्