८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


उपकुलपतिको काम कारबाही मन नपरे तत्काल हटाउन सक्ने : सभापति घर्ती


0
Shares

काठमाडौं, पुस २८ । शिक्षा सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७५ माथि थप अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले उक्त विधेयकमाथि अध्ययन र थप गृहकार्य गर्न उपसमिति गठन गरेको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट पारित भएको कतिपय विषयमा शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुको मत बाझिएको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले सहमतिको साझा विषय पहिल्याउन ६ सदस्यीय समिति गठन गरेको सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

प्रस्तावित विधेयकमा उपकुलपतिको कामकारबाही मननपरे ५० प्रतिशत सदस्यको मतले तत्काल हटाउन सक्ने प्रावधान राखिएको छ

। विधेयकमा रहेको विश्वविद्यालयका पदाधिकारीलाई हटाउने व्यवस्थाबारे सांसदहरुको फरक मत रहेको छ । छात्रवृत्तिको विषयमा पनि सांसदहरुबीच मतभेद छ । अध्ययन समितिलाई दुई दिनको समय दिइएको छ ।