
काठमाडौं, कात्तिक २३ । सरोकारवालाहरुले कार्यस्थलमा हुने हिंसा अन्त्यको लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
काठमाडौंमा भएको कार्यक्रमका वक्ताहरुले कार्यस्थलमा हुने हिंसाविरुद्ध कानूनको कमी नभएपनि कार्यान्वयन पक्ष फितलो हुँदा हिंसा तथा दुव्र्यवहारमा कमी आउन नसकेको बताएका हुन् ।
नेपालमा अहिले हिंसा र दुव्र्यवहार सम्बन्धि ११ वटा कानुन छन् । कार्यक्रममा सांसद विन्दा पाण्डेले कार्यस्थलमा हुने बहुआयामिक हिंसा र दुव्र्यवहारबिरुद्धको महासन्धी १९० लाई नेपालले अनुमोदन गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्री कार्यालय अन्र्तगतको मानवअधिकार तथा कानुन महाशाखाका उपसचिव श्रद्धा रिमालले श्रमिकहरुको अधिकारको सन्दर्भमा सरकार संवेदनशील रहेको भन्दै कुनै पनि प्रकारका हिंसा र दुव्र्यवहारमा शून्य सहनशीलताको नीति रहेको धारणा राख्नुभयो ।
श्रमिकहरुको अधिकारका सवालमा बहुआयामिक क्षेत्र समेट्ने महासन्धी १९० अन्तर्राष्ट्रिय श्रम संगठनको महासभाले जुन १०,२०१९ मा अनुमोदन गरेको थियो । अहिलेसम्म विभिन्न ९ राष्ट्रले यो महासन्धी अनुमोदन गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्