
पोखरा, कात्तिक २३ । चिनियाँ दूतावासको सहयोगमा पोखराका ४ विद्यालयमा ईन्टरनेट सहित २० लाख बरावरकोे सुविधा उपलब्ध गराउने भएको छ ।
चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सहित २० लाख रुपैयाँ वरावरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा संचालनमा समस्या भएको भन्दै दूतावासले सहयोग गरेको हो ।
नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना मावि, जनजागृति मावि, शिशुकल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क ईन्टरनेट सेवा जडान गर्न लागिएका हो । यी चार विद्यालयमा निःशुल्क ईन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलबार चिनियाँ राजदूत हउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै चिनियाँ राजदुत यान्छीले ईन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दुतावासले सहयोग गरेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्