१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेशको नामाकरण छिट्टै हुन्छ : मुख्यमन्त्री राई


0
Shares

धनकुटा, कात्तिक २३ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आउँदो हिउँदे अविधेशनमा प्रदेश १ को नामाकरण गर्ने बताउँनु भएको छ ।

मुख्यमन्त्री राईले पत्रकारहरुसँग कुरा गर्दै प्रदेश १ को नामाकरण गर्ने बताउँनु भएको हो ।

प्रदेशको नामाकरणको विषय विवादित भएको भन्दै पहिलेको सरकारका मन्त्री र नेताले भ्रम पारेको भन्दै उहाँले प्रदेश सभामा नामाकरणको बिषय कहिले प्रवेश नै नगरेको बताउँदै नामको बिषयमा कुनै विवाद नभएको बताउँनु भएको हो ।

अहिलेको गठबन्धन सरकार बहुपहिचान सहितको नामराख्ने पक्षमा रहेको उहाले बताउनुभयो । फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री राईले धनकुटाको सम्पर्क कार्यालय सम्पर्क कार्यलयको रुपमा मात्र नभई अब साचिकै पहाडी जिल्लाको राजधानीकै रुपमा बिस्तार गरिने समेत बताउँनुभयो ।