
काठमाडौं, कात्तिक २३ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्रा खोजेर आफु खुशी काम नगर्न बैंकहरुलाई सचेत गराउनु भएको छ ।
मंगलबार काठमाण्डौमा नेपाल बैंकर संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन, नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र सरोकारवालाको अपेच्छालाई नजरअन्दाज गरी आफु खुशी काम नर्गन बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गर्नुभएको हो ।
उहाँले बैंकहरुले बजार र उपभोक्तालाई हेरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकहरुले त्यसरी काम गरे वित्तिय प्रणालीमा जोखिम थपिने भएकाले बैंकहरुलाई सजग गराउनुभएको छ । बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण नै राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गर्नुपरेको उल्लेख गर्दै उहाँले हस्तक्षेप गर्ने अवस्था आउन नदिने गरी काम गर्न समेत आग्रह गर्नुभयो ।
बैकिङ प्रणाली चुस्त बनाउन बैंकले सहयोग गर्नुपर्ने बताउँदै गर्भनर अधिकारीले बैंकहरु प्रतिस्पर्धाबाटै चल्नुपर्नेमा प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्