
झापा, पुस २८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी १४ औं महाअधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्नबाट रोक्ने बताए ।
झापाको बिर्तामोडमा सोमबार प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा कोइरालाले महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न रामचन्द्र पौडेल र सिटौला समूहबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले आफु पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको भन्दै रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशमान सिंह, रामशरण महत पनि सभापतिका आकांक्षी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्