
कञ्चनपुर, पुस २८ । निर्मला पन्त न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चका लागि भन्दै कञ्चनपुरमा महिला अधिकारकर्मीहरुले सोमबार प्रदर्शन गरेका छन् ।
जिल्ला अदालत कञ्चनपुरको गेट अगाडी धर्नामा बसेका घाइते र अधिकारकर्मीमाथि प्रहरीले बल प्रयोग गरी उनीहरुलाई त्यहाँबाट हटाएको थियो । त्यस क्रममा केही ब्यक्ति घाइते भएको जनाइएको छ ।
घाइते शारदा चन्दलाई थप उपचारका लागि सेती अस्पतालमा रिफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्