२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रजातन्त्रविरुद्ध मानिसहरु सल्बलाउन थाले– प्रधानमन्त्री शेरबहादुर देउवा


0
Shares

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध मान्छेहरू सलबलाउन थालेको भन्दै सतर्क रहन सबैलाई आह्वान गर्नुभएको छ ।

काठमाडौंमा २०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा देउवाले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त समावेशी संविधान जोगाउनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जनता भन्दा ठूलो शक्ति नभएको र प्रजातन्त्रको मालिक सधै जनता हुने भन्दै प्रजातन्त्रको विरुद्धमा कोही उभिन नसक्ने उल्लेख गर्नुभयो ।

निर्वाचन आयोग कसैको प्रभावमा नपर्ने भन्दै उहाँले निष्पक्ष चुनाव महत्त्वपूर्ण हुने पनि बताउनुभयो ।

विपक्षीले परमादेशबाट बनेको प्रधानमन्त्रीको आक्षेप लगाइहरेका बेला देउवाले संविधानको अन्तिम व्याख्या अदालतले गर्ने भन्दै चित्त बुझे पनि नबुझे पनि स्वीकार्नु पर्ने जवाफ दिनुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा भइरहेको भन्दै वातावरण जोगाउनेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँको भनाइ थियो, ‘हिमाल नाङ्गो भए के हुन्छ ?’

कार्यक्रममा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष खगेन्द्रप्रसाद भट्टराईलाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै सम्मान गरिएको थियो ।