८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


छाँया कम्प्लेक्स भत्काउने चेतावनी


0
Shares

काठमाडौं, पुस २८ । काठमाडौंको ठमेलमा सार्वजनिक पोखरी मासेर छाँयादेवी कम्प्लेक्स बनाइएको भन्दै सम्पदा संरक्षण अभियन्ताहरुले आफूहरुले नै उक्त भवन भत्काउने चेतावनी दिएका छन् ।

राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले ऐतिहासिक कमलपोखरी मासिदा समेत सरकारले बेवास्ता गरेकाले आफूहरुले नै भत्काउने बताएका हुन् ।

कमलपोखरी पुनस्थापना अभियानका संयोजक भागवत नरसिंह प्रधानले छायाँदेवी कम्प्लेक्स निर्माण भएको स्थानमा ऐतिहासिक कमलपोखरी रहेको यथेस्ट प्रमाण प्रस्तुत गरे ।

अदालतको फैसला कुरेर बसेको भन्दै उनीहरुले त्यसपछि निर्णयमा पुग्ने पनि बताए ।