१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


थपिए ४४० संक्रमित, ६ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टि भएको हो ।

५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १४०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।

गत २४ घण्टामा ४७४ जना कोरोना संक्रमणबाटमुक्त भएका छनु ।

त्यस्तै, काठमाडौं उपत्यकामा २०२ थपिएका छन् । काठमाडौंमा १५५, ललितपुरमा ३२ र भक्तपुरमा १५ संक्रमित छन् ।

हाल नेपालमा ७ हजार ५१९ जना सक्रिय संक्रमित छन् ।