
कैलाली, कात्तिक २४ । भुपेन्द्र बडुवालको हत्यापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ ।
मंगलबार राति खुकुरी प्रहारबाट लम्की चुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ ।
मृतकका आफन्तले बुधबार बिहानैदेखि राजमार्ग अवरुद्ध पारेका थिए ।
प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भैरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहले बताउनुभयो ।
स्थानीयले हत्यामा संलग्नलार्इ कारबाही गर्नुपर्ने माग राखेर लम्कीका विभिन्न सडकमै टायर बालेर प्रदर्शन गरेका थिए । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जानुपर्ने सबै सवारी साधन लम्कीमा रोकिएका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाइ पक्राउ गरेर अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्