२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वीरगञ्जमा छठको निकै उल्लास


0
Shares

वीरगञ्ज, कात्तिक २४ । वीरगञ्जमा पनि छठको निकै उल्लास छाएको छ ।

अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाइरहेको स्थानीयबासीले बताएका छन् ।

महामारी केही कम भएकाले यस वर्ष दसैं, तिहार र छठले खुसी ल्याएको उनीहरुको भनाई छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस पर्वमा सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि सहभागी हुन्छन् ।

अस्ताउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि रातभर नदी, तलाउ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिने गर्दछन् ।