१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधान सेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता


0
Shares

काठमाडौं, कात्तिक २५ । प्रधान सेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेट गर्नुभएको छ ।

भारत भ्रमणमा रहेका सेनापति शर्माले बिहीबार मन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत् प्रधान सेनापति शर्मासँगको भेट गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ ।

भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लिनुभएको थियो ।