
काठमाडौं, कात्तिक २५ । अर्को वर्ष चीनमा हुने १९ औं एसियन गेम्सको अभ्यास थालनीको वातावरण मिलाई दिन विभिन्न संघले युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई आग्रह गरेका छन् ।
नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेको पनि आफूहरुले अभ्यास गर्न नपाएको गुनासो गरेका हुन् । विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए । नयाँ ऐन र परिवेशलाई समन्वय गर्दै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने उनले बताए ।
एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यमा बल्ल छलफल हुँदै छ । गतिशील हुनेु पर्ने खेलकुद क्षेत्र खेलको मर्म अनुसार अगाडि बढ्न नसकदा नतिजा भगवान भरोसामा मात्र सिमित हुने गरेको छ । पदक आशा गरिए अनुसार लगानीका लागि पनि जिम्मेवार निकालयले समयमै ध्यान दिनु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्