१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए सपथ


0
Shares

काठमाडौं, कात्तिक २५ । तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त प्रदेश–१ प्रमुख पर्शुराम खापुङ, कर्णाली तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीले राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा उपस्थित हुनुहुन्थ्यो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश–१, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले साविकका प्रदेश प्रमुख हटाएर नयाँ प्रदेशप्रमुख नियुक्त गर्नुभएको थियो ।