२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुवास नेम्बाङले गरे फाल्गुनन्दको शालिक अनावरण


0
Shares

इलाम, कात्तिक २५ । राष्ट्रिय विभूति एवं किराँत धर्मका प्रवद्र्धक महागुरु फल्गुनन्दको १ सय ३७ औ जन्म जयन्ती किरा्ँत धर्मावलम्बिहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

इलामको चुलाचुली माई नगरपालिका सारुम्बा लगायतका स्थानमा धार्मिक अनुष्ठान गरी फाल्गुनन्दको स्मरण गरियो ।

पूर्व सभामुख नेम्बाङले महागुरु फल्गुनन्दको योगदानको कदर गर्दै निर्विरोध रुपमा विमानस्थलको नाम समेत फल्गुनन्द सुकिलुम्बा विमानस्थल राखिएको बताउनुभयो ।

१३ लाख ३७ हजार लागतमा इलाम नगरपालिकाले विमानस्थल प्रवेशद्वार सहित शालिक बनाएको हो ।