७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जयपृथ्वी राजमार्ग २५ दिनपछि खुल्न सुरु


0
Shares

बझाङ, कात्तिक २५ । बझाङको मुख्य राजमार्ग जयपृथ्वी राजमार्ग बन्द भएको २५ दिनपछि जयपृथ्वी राजमार्ग खुलाउने काम सुरु भएको छ ।

जिल्लाको जयपृथ्वी राजमार्ग जाल्या बगर र नारुगौडामा सेती नदीले सडक बगाएपछि आवागन अबरुद्ध भएको थियो ।

नारुगौडामा बम ब्लाष्ट गरेर अबरुद्ध खुलाउने काम भैरहेको र जाल्या बगरमा सेती नदीको धार परिवर्तन गर्ने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

असोज ३१ गते देखि कार्तीक ३ गते सम्म लगातार परेको बेमौसमी बर्षाका कारण सेती नदीले जाल्या बगर र नारुगौडा राजमार्ग अबरुद्ध गरेको थियो ।