२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसे : प्रदिप ज्ञवाली


0
Shares

भरतपुर, कात्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसेको आरोप लगाउनुभएको छ ।

एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई गराइएको शपथग्रहण कार्यक्रममा ज्ञवालीले कुन फेविकोलले टाँसेको भन्ने प्रष्ट नभएपनि सिद्धान्त नमिल्दा सम्म एकै ठाउँमा उभिनु अचम्म भएको बताउनुभएको हो ।

१० तिर फर्किएका पार्टीवीच गठबन्धन भएको भन्दै संघीयता खारेजी गर्नुपर्छ भन्ने जनमोर्चाका चित्र वहादुर केसी देखि सात वटा नभई सकेसम्म १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने उपेन्द्र यादव, संविधान खारेज गर्नुपर्छ भन्ने उपेन्द्र यादव र संविधान जोगाउन लागिरहेको भन्ने काँग्रेस एकै ठाउँमा आउनु सिद्धान्तको गठबन्धन नभएको उहाँको भनाई थियो ।

आगामी चुनावसम्म गठवन्धन रहन्छ भन्ने अभिव्यक्ति नेकपा एमालेसँग डराएर दिएको अभिव्यक्ति भएको भन्दै ज्ञवालीले आगामी चुनावमा सानदार बहुमतले विजयी हुनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

मतदान अधिकृतले बत्ती निभाएर कार्यकर्ताले मत पत्र च्यातेर भरतपुरमा देवी ज्ञवालीलाई धोका दिएको भन्दै अव त्यसो हुन नदिने उहाँको भनाई थियो ।

गठवन्धनले अदालतको समेत चरम दुरुपयोग गरेर भागवण्डा दिन्छु भनी परमादेश दिन लगाएको आरोप लगाउँदै ज्ञवालीले पार्टीको १० औँ महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उतार्न आग्रह गर्नुभएको छ ।