
काठमाडौं, कात्तिक २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
राज्यका निकायकै मिलेमत्तोमा केही व्यापारीको स्वार्थमा परेर उपभोक्ताको ढाड सेक्ने काम भईरहेको उपभोक्ता अधिकारकर्मी माधव तिम्सिनाको आरोप छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा पनि बढ्दै गएकाले मूल्य समायोजन गर्न बाध्य भएको निगमले बताउँदै आएको छ । तर पेट्रोलियम पदार्थको मूल्य बृद्धिले बजार भाउमा पर्ने प्रभाव बारे पनि सरकार गम्भीर हुनुपर्नेमा उपभोक्ताकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्