२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बागमतीमा दुई मन्त्रीले लिए सपथ


0
Shares

हेटौंडा, कात्तिक २५ । बागमती प्रदेशमा दुई मन्त्री नियुक्त भएका छन् ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री नियुक्त बिस्तार गर्नुभएको हो ।

बिहीबार माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल र नेपाली कांग्रेसका निमा लामा नियुक्त हुनुभएको हो ।

बिहीबार साँझ बागमती प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले मन्त्री पदको गोपनियताको सपथ गराउनु भएको हो ।

नवनियुक्त मन्त्री शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्रालय र निमा लामालार्इ स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । अब बागमती प्रदेश सरकारमा ६ सदस्यीय भएको छ ।