१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित


0
Shares

काठमाडौं, कात्तिक २६ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतसहित निर्देशक र डीनलाई स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएपछि कर्मचारीहरु आन्दोलीत भएका हुन् ।

प्रतिष्ठानमा हस्तक्षेप भएको भन्दै कर्मचारीले संघर्षका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन् ।

पदाधिकारीलाई कामकाजमा रोक लगाउँदा एमबिबिएस, बिएनएस, बिफार्मालगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा समस्या आउने भन्दै कर्मचारीले मन्त्रालयको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । समयमै माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टिम संघर्षका कार्यक्रमसहित आन्दोलनमा जाने कर्मचारीले चेतावनी दिएका छन् ।

प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाजमा रोक लगाउनुभएको हो ।