
फाइल तस्बिर
काठमाडौं, कात्तिक २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबबार दिउँसो बस्ने भएको छ ।
केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन बैठक बोलाइएको हो ।
बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए ।
कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्न बताइएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।
कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्