काठमाडौं, कात्तिक २६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै सर्वोच्च अदालतमा शुरु भएको लफडा उत्कर्षतिर अघि बढेको छ ।
बिहीबार सर्वोच्च परिसरमा प्रहरी र आन्दोलनकारी वकिलहरुबीच झडप भएपछि नेपाल बार एशोसियसनले शुक्रबार प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालतभित्र प्रवेश नै गर्न नदिन गरी आन्दोन गर्ने भएको छ ।
त्यसका लागि कार्यालय समय शुरु हुनुअघि नै बार सदस्यहरुलाई बार एशोसियसनमा डाकिएको छ । बारका महासचिव लीलामणि पौडलले विज्ञप्ति जारी गर्दै शुक्रबार बिहान ९ः३० बजे नै सबै कानुन व्यवसायीलाई बार परिसरमा उपस्थित हुन भनेका छन् ।
सर्वोच्च अदालतका कुनै पनि वेञ्चमा बहस नगर्ने भन्दै बारले न्यायाधीशहरुलाई पनि प्रधान न्यायाधीश राणाले तोक्ने इजलासमा नबस्न भनेको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै बारले यसै सातादेखि दैनिक दुई घण्टा कालोपट्टी बाँधेर उपत्यकाकाका अदालतहरुमा धर्ना दिँदै आएको छ ।
न्यायाधीशहरुले कात्तिक २८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । सर्वोच्च न्यायालयमा उत्पन्न गतिरोधको प्रत्यक्ष मार भने सर्वसाधारणमा परेको छ । विगत दुई सातामा सयौं मुद्धामा सुनुवाई रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्