
पाँचथर, कात्तिक २६ । कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् ।
दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले विक्री हुँदै आएको अलैँचीको भाउ अहिले प्रतिमन ५० हजार पुगेपछि कृषकहरु हर्षित भएका हुन् ।
उत्पादनमा कमी आएसँगै अलैचीको भाउ बढेको हुन सक्ने नेपाल अलैँची ब्यवसायी महासंघ पाँचथरका अध्यक्ष खेम अधिकारीले बताउनुभयो ।
अहिले अलैँची टिप्ने, भट्टी लगाउने र विक्री गर्ने समय हो । पूर्वी पहाडका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङखुवासभा लगायतका जिल्लाहरुमा अलैँची खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्