७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चार सयले बढ्यो सुनको मूल्य


0
Shares

काठमाडौं, कात्तिक २६ । शुक्रबार सुन तोलामा ४ सयले बढेको छ ।

सुन तोलामा ४ सयले बढेर ९४ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ९२ हजार ७ सयमा कारोबार भएको सुन बिहीबार एकैपटक तोलामा १३ सयले बढेर ९४ हजारमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा यतीबेला सुन प्रतिऔन्स १८ सय ६१ डलर र चाँँदी प्रतिऔन्स २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।