
सिन्धुली, कात्तिक २६ । सिन्धुलीमा यस वर्ष जुनारको उत्पादन बढ्ने भएको छ ।
गत जेठमा परेको असिनाका कारण जुनार उत्पादनमा कमी आउने आशंका गरिएको भए पनि अहिले जुनारका बोट लटरम्म भएका छन् ।
जुनार उत्पादन नघट्ने पक्का भएपछि किसानहरु पनि खुशी देखिएका छन् । जेठको असिना पानीपछि मौसमले साथ दिएको जुनार खेतीमा संलग्न किसानको भनाइ छ ।
जुनार बगैंचामा यातायातको पहुँचसमेत पुगेकोले व्यापारी पनि जुनार खरिद गर्न बगैंचामै पुग्ने गरेका छन् ।
सिन्धुलीमा यो वर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । गत वर्ष जिल्लामा ८ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको थियो ।
सो उत्पादनबाट सिन्धुलीमा गत वर्ष ७० करोड रुपैयाँ भित्रिएको थियो ।
प्रतिक्रिया दिनुहोस्