
काठमाडौं, कात्तिक २६ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई सर्वोच्च अदालत परिसरबाट तत्काल सुरक्षाकर्मीको फौज हटाउन आग्रह गर्नुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुका तर्फबाट फोन गर्दै कार्कीले आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गर्नुभएको हो ।
प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै मूल गेटमा धर्ना दिन पुगेका वकीलको भन्दा बढी फौज सुरक्षाकर्मीको देखेपछि वरिष्ठ अधिवक्ता कार्कीले गृहमन्त्रीसँग यस्तो आग्रह गर्नुभएको हो ।
नेपाल बार एशोसिएसनले मूल गेटमै धर्ना दिएपछि प्रधानन्यायाधीश राणा भने महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको सहायक गेटबाट सुरक्षाकर्मीको स्कर्टिङमा अदालत प्रवेश गर्नुभएको थियो ।
अदालत परिसरमा अप्रिय घटना हुन नदिन प्रहरीले सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
यसैक्रममा, नेपाल बारका पदाधिकारीले प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिए उनका ‘कर्तूतहरू’ संयुक्त राष्ट्रसंघसम्म पु¥याउने चेतावनी दिएका छन् ।
विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको र त्यसलाई सार्वजनिक गर्ने धम्की उनीहरुले दिइरहेका छन् ।
उता, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणा र बार एशोसिएशनबीच देखिएको विवादबारे प्रधानमन्त्री देउवाले कानूनमन्त्री दिलेन्द्र बडूसँग छलफल गर्नुभएको छ ।
बिहीबार मात्र कानुन मन्त्री बडूले वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्णमान शाक्य लगायतसँग छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्