
काठमाडौं, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको छ ।
महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उहाँले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको हो ।
प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास रहेको अध्यक्ष ओलीको भनाइ छ ।
दलभित्रको समझदारी सुदृढ एकताको आधार हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्