
काठमाडौं, कात्तिक २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनगणनाले देशको विकास निर्माणको योजना बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
शुक्रबार आफ्नै सरकारी निवास पुगेको केन्द्रीय तथ्यांक विभागको टोलीलाई आफ्नो विवरण टिपाइसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले जनगणनाले देशको विकास निर्माणको योजना तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।
जनगणनाको प्रश्नावलीमा धेरै विषयवस्तु समेटिएको भन्दै उहाँले प्रश्न अनुसारको सही उत्तर दिएमा देशको यथार्थ चित्र आउने विश्वास समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले जनगणनामा टिपाएको विवरणहरु गोप्य हुने भन्दै खुलेर आफ्नो सही विवरण दिन सबैलाई आग्रह गर्नुभएको छ । गत कार्तिक २५ गतेदेखि सुरु भएको बाह्रौ राष्ट्रिय जनगणना मंसिर ९ गतेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्