२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेपाली कांग्रेसले १३ जिल्लामा आज वडा अधिवेशन गर्दै


0
Shares

काठमाडौं, कात्तिक २७ । क्रियाशील सदस्यता वितरण विवादमा रुमल्लिएको नेपाली कांग्रेसले बाँकी १३ जिल्लामा आज वडा अधिवेशन गर्दैछ ।

गूट गूटमा विभक्त भएको कांग्रेसले पटक पटक सार्दा पनि १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नै पनि सकाउन नसकेको शनिबार १३ जिल्लामा अधिवेशनमार्फत् क्षेत्रीय प्रतिनिधि चुन्न लागेको हो ।

यसअघि अधिवेशन सकाइएका वडाहरुमा पनि पटक पटक गरी अधिवेशनको मिति तोकिएको थियो । विवादित बनेको रौतहटको सदस्यता सूची टुंग्याएसँगै ७७ जिल्लाको सदस्यता सूची टुंगिएको र यसले अब महाधिवेशनको सुनिश्चितता बढेको प्रतिक्रिया नेताहरुले दिएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भन्दै शनिबार १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको जानकारी दिनुभएको हो ।

वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कार्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ ।

प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४–२६ काठमाडौंमा गरिने छ । चार वर्षे पदावधि भएको वर्तमान कांग्रेस कार्यसमतिले ६ वर्ष हुँदा पनि आफ्नो अधिवेशन सम्पन्न गर्न नसक्दा संवैधानिक संकटमै परिसकेको छ ।