९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राजवंशीले मनाए भक्का दिवस


0
Shares

झापा, पुस २९ । पूर्वी नेपालको झापा र मोरङमा बसोवास गर्दै आएका आदिबासी राजवंशी समुदायले झापाको विर्तामोडमा भक्का दिवस मनाएका छन् ।

कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिको आयोजनामा राजवंशी समुदायले आज बृहत्त साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भक्का दिवस’ मनाएका हुन् ।

चामल भिजाएर कुटेर पिठोलाई पानीको वाफमा पकाईने भक्का राजवंशी समुदायको खानाको विषेश परिकारका रुप लिईन्छ ।

परम्परागत खाना भाक्कालाई संरक्षण गर्ने उद्देश्यले भक्का कार्यक्रम आयोजना गरिएको राजवंशी समाज विकास समितिका पूर्व अध्यक्ष टोम राजवंशीले बताए ।