
विराटनगर, पुस २९ । प्रदेश १ को तेश्रो प्रदेश समन्वय परिषद्को बैठकले प्रदेश र स्थानीय तहबीचको समन्वय साझेदारीलाई थप प्रभावकारी बनाउन विभिन्न बिषयगत समिति गठन गर्ने लगायतका २० बुँदे प्रतिबद्धता जाहेर गरेको छ ।
बैठकले पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन वन समिति, योजना, राजस्व तथा लगानी समिति बनाउनेलगायतका निर्णयहरु गरेको छ ।
बिषयगत समितिहरु सातदिन भित्र गठन गरिसक्ने प्रतिबद्धता समेत जनाइएको छ । कार्यक्रममा मुख्यमन्त्री शेरधर राईले अबको आर्थिक बर्षमा प्रदेशको बजेट निर्माणमा सरकारले ध्यान दिने बताए ।
प्रतिक्रिया दिनुहोस्