१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विमानस्थलमा सटल बस सेवा सञ्चालन गछौं : मन्त्री आले


0
Shares

काठमाडौं, कात्तिक २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकमा मन्त्री आलेले विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो ।

उहाँले यात्रुहरुले विमानको भन्दा ट्याक्सी भाडा धेरै भएको गुनासो गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वटा निःशुल्क सटल बस ञ्चालन गर्न लागेको जानकारी दिनुभयो । मन्त्री आलेले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन आग्रह गरेको बताउनुभयो ।

भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाईन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन आग्रह गरेको मन्त्री आलेको भनाइ थियो ।