
केशव कोइराला
बर्दिया, कात्तिक २८ । बर्दियाको गेरुवा गाँउपालिका– १ मा रहेको पर्यटकीय क्षेत्र ओखरिया इन्टेक आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यतिवेला दिनहुँ हजारौंको संख्यामा ओखरिया इन्टेक क्षेत्रमा पर्यटक आउन थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाँउपालिका– १ मा रहेको ओखरिया इन्टेक आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ स्थानीय सरकारले विभिन्न संरचना निमार्णका काम थालेसँगै यतिवेला ओखरिया क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका हुन् ।
कर्णाली नदीको मनोरम दृश्य, डाँडाकाँडा, शान्त वातावरण ओखरिया क्षेत्रको विशेषता हो । यही विशेषता बुझेर यतिवेला बर्दिया, बाँके कैलालीलगायतका जिल्लाबाट घुम्न तथा वनभोज मनाउन आउनेको लर्को लागेको छ । ओखरियाको बारेमा सुनेपछि यहाँ आएको र यहाँको वातावरणले मोहित पारेको बारबर्दिया मगरागढीका भेषवहादुर जिसी बताउनुहुन्छ ।
दैनिक व्यस्तता र बजार क्षेत्रको कोलाहलवाट एक दिन भए पनि शान्त वातावरणको खोजी गर्दै इन्टेक आएको पर्यटक बताउँछन् ।
ओखरिया इन्टेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्नु गौरवको विषय भएको र यसको व्यवस्थापकीय विकास तथा पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने गेरुवा गाँउपालिका– १ का अध्यक्ष दयाराम बैद्यको भनाइ छ ।
कर्णाली नदीको दृश्यका साथै चुरेपहाड सहजै देख्न सकिने यस क्षेत्रमा अहिले उद्यान र ट्री हाउस निमार्ण गरिएको छ । आगामी दिनमा कर्णाली नदीमा ¥याप्टीङ वोट संचालन गर्ने पालिकाको तयारी छ । ओखरिया इन्टेकक्षेत्रको व्यापक प्रचार–प्रसार गरि आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउन सके यस क्षेत्रका बासिन्दाको जिवनस्तर माथि उठ्ने हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्