१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुर्खेतमा निर्माण हुँदै १० हजार क्षमताको रंगशाला


0
Shares

काठमाडौं, कात्तिक २८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला निर्माण हुने भएको छ ।

निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार रंगशाला बनाउने सम्झौता भएको हो ।

प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रुपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको खबरले यसक्षेत्रमा उत्साह छाएको छ ।

काठमाडौंको कान्तिपथमा रहेको निर्माण कम्पनी एमएसीजीले रंगशाला निर्माणको ठेक्का लिएको छ । २०८१ वैशाखभित्र रंगशाला बनाइसक्ने लक्ष्य लिइएको छ ।