
फाइल तस्बिर
काठमाडौं, कात्तिक २८ । हवाई इन्धनको मूल्य बृद्धिसँगै हवाई भाडा थप महंगिएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानतर्फ सबै रुटको भाडा वृद्धि गरेको हो ।
संघले आजैदेखि लागू हुने गरी जारी गरेको नयाँ मूल्य सूची अनुसार आन्तरिक उडानको टिकट ३५ रुपैयाँ देखि २२० रुपैयाँसम्म महंगो भएको छ ।
सुर्खेत चौरजहारी रुटमा टिकट भाडा सबैभन्दा कम ३५ रुपैयाँ र काठमाडौं धनगढी रुटको भाडा सबैभन्दा धेरै २ सय २० रुपैयाँ बढेर ४४ सय ६० रुपैयाँ पुगेको संघले जनाएको छ ।
निगमले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा हवाई इन्धनतर्फ लिटरमा ७ रुपैयाँ बृद्धि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्