
काठमाडौं, माघ १ । निकै उतार चढावकाबीच कारोबार हुँदै आएको सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ४०० रुपैयाँ तोकेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ७४ हजार र तेजाबी सुन प्रतितोला ७३ हजार ७०० रुपैयाँ मा खरिदबिक्री भएको थियो ।
गत बधुबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २०० रुपैयाँ पुगेको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।
पछिल्लो समय मध्यपूर्वमा देखिएको तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतारचढाव देखिदै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्