१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सांस्कृतिक सम्पदा नै देशको पहिचान : मन्त्री भुसाल


0
Shares

काठमाडौं, कात्तिक २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको छ ।

ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको हो ।

उहाँले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताउनुभयो । मन्त्री भुसालले सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गर्नुभयो ।