
स्याङ्जा, कात्तिक २९ । स्याङ्जाको आँधीखोलामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आँधीखोला गाँउपालिका वडा नम्बर ५ एकरायस्थित भित्रि सडकमा ग १ त ६४४० नम्बरको ट्याक्टर अचानक नालामा पल्टिदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परि ट्याक्टरका चालक भानु नगरपालिका ५ तनहुँका ३८ वर्षीय सन्तोष गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालया प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि तनहुँ कै ३४ वर्षका रेशम गुरुङ घाईते भएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्