२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रदेश प्रमुखको प्रश्न – भ्रष्टाचारका मुद्दामा ठूलालाई उन्मुक्ति दिएर सानालाई तर्साउने ?


0
Shares

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भ्रष्टाचारका विषयमा ठूलालाई उन्मुक्ति र साना तर्साउने गविविधि गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेशको ३१ औं वार्षिक प्रतिवेदन बुझ्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको हो । प्रदेश प्रमुख गुरुङले जनताले विश्वास गर्ने गरी अख्तियारले काम गर्न नसकेको टिप्पणीसमेत गर्नुभयो ।

उहाँले राष्ट्र र जनतालाई उच्च स्थानमा राखेर कर्मचारी र राजनीतिक दलहरुले गर्ने जुनसुकै भ्रष्टाचारमा पनि उन्मुक्ति नहुने गरी कारबाहीको दायरामा ल्याउन सुझाव दिनुभयो ।

बहुदल आएपछि केही मन्त्रीहरु भ्रष्टाचारको अभियोगमा जेल चलान भए पनि त्यसपछि ठूला भ्रष्टाचारीहरु पक्राउ पर्न नसकेको प्रदेश प्रमुख गुरुङको भनाइ थियो । आर्थिक वर्ष २०७७÷७८ मा पोखरा कार्यालयमा ९ सय ३२ उजुरी परेकोमा ५ सय वटाको फछ्यौट भइसकेको र ४ सय ३२ वटा फछ्यौट हुन बाँकी रहेको जनाइएको छ ।