६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मंसिर ३ गतेदेखि हस्तकला व्यापार मेला, ३६ विधाका उत्पादनको प्रदर्शन


0
Shares

काठमाडौं, कात्तिक २९ । आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रदर्शनी हुने भएको छ ।

एकै छाना मुनी हस्तकलाका वस्तुको बृहत प्रर्दशनी तथा विक्रि हुने मेलामा निर्यात जन्य ३६ विधाका हस्तकलाका वस्तुको प्रदर्शन हुनेछ ।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको असर कम हुँदै गएको समयमा निर्यात निर्भर हस्तकला व्यवसायमा यो मेला कोशेढुङ्गा सावित हुने नेपाल हस्तकला महासंघले जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरि महासंघले मेलाले हस्तकलाको आन्तरिक तथा निर्यात व्यपारलाई प्रवद्र्धन गरि अर्थतन्त्तमा टेवा पु¥याउनुका साथै रोजगारी बृद्धिमा समेत भूमिका खेल्ने विश्वास लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने मेलामा हस्तकलाको अनलाइन पोर्टल, इ कला मार्केट कार्यक्रम रहने आयोजकले जनाएको छ । १ सय २० स्टल रहने मेलामा लाख बढीको सहभागिता हुने अनुमान छ ।