
एजेन्सी । सोमालियामा खडेरीका कारण खाद्य संकट उत्पन्न भएको छ ।
सोमालियामा अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको संयुक्त राष्ट्रसंघीय मानव सहायतासम्बन्धी निकायले जनाएको छ ।
मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयले सोमालियामा आगामी सन् २०२२ को मेसम्ममा खाद्यान्न अभावको समस्या झन् बढ्ने बताएको छ ।
सोमालियामा समयमै पानी नपर्दा देशव्यापी रुपमा सुख्खापन भएको र जसका कारण अहिले १७ लाखभन्दा बढी मानिस खाद्यान्नको अभावबाट प्रभावित भएको बताइएको छ ।
सन् २०२२ को मे महिनासम्ममा कम्तीमा पनि ३५ लाख मानिसमा खाद्यान्न अभाव देखिने संस्थाले जनाएको छ । सोमालिया सरकारले अप्रिलदेखि नै संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो ।
सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरूलाई आग्रह पनि गरेको छ । सो निकायले आवश्यक सहयोग गर्न नसक्ने हो भने सोमालियाको अवस्था गम्भीर हुने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्