१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु


0
Shares

काठमाडौं, कात्तिक २९ । नक्सालका विजय थापाले प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा विजयी सुरुवात गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे ।

उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात कुमालले केवाइबीसीका निर्मल सुवेदी तथा नेपाल आर्मी ‘बी’ का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई हराए ।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भीपीबीसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई पाखा लगाए ।

पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरन्जिवी खड्काको चुनौती समाप्त पारे । महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन् ।

महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भीपीबीसीकी ओमन गुरुङलाई निराश पारिन् । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।